एन आई सी एशिया बैङ्कको नाफा १०.३५ प्रतिशतले बढेको छ । आ.व. २०७८/७९ को चाैथाे त्रैमास सम्ममा बैङ्कले ४ अर्ब २१ करोड रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७९/८० को चाैथाे त्रैमास सम्ममा बैङ्कले ४ अर्ब ६५ करोड रुपैयाँ नाफा कमाएको देखिन्छ ।
बैङ्कको निष्क्रिय कर्जा अनुपात बढेर ०.८ प्रतिशत कायम हुँदा इम्पेरमेन्ट चार्ज घटेर ३९ करोड ४१ लाख रुपैयाँ पुगेको छ भने ८४ करोड ४८ लाख रुपैयाँ बराबरको ब्याज रकम असुल हुन बाँकी देखिन्छ ।
११ अर्ब ५६ करोड रुपैयाँ चुक्ता पुँजी रहेको एन आई सी एशिया बैङ्कले ३ खर्ब ११ अर्ब रुपैयाँ निक्षेप सङ्कलन गरी २ खर्ब ६२ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा १४ अर्ब ३८ करोड रुपैयाँ र सञ्चित मुनाफा ३ अर्ब ६९ करोड रुपैयाँ रहेको छ ।
बैङ्कको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ९.५८ प्रतिशतले बढेर १२ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ । त्यस्तै बैङ्कको वितरण योग्य मुनाफा ३ अर्ब ६९ करोड रुपैयाँ रहेको छ । आ.व. २०७९/८० को चौथौँ त्रैमास सम्ममा एन आई सी एशिया बैङ्कले आफ्ना शेयरधनिहरूलाई ३१.९९ प्रतिशत लाभांश दिन सक्ने क्षमता बनाएकाे देखिन्छ।
बैङ्कको प्रति शेयर आम्दानी ४० रुपैयाँ २२ पैसा छ भने प्रति शेयर नेटवर्थ २५६ रुपैयाँ ४१ पैसा र पछिल्लो कारोबार मूल्य रु ७८९ को आधारमा मूल्य आम्दानी अनुपात १९.६१ गुणा रहेको छ ।
एन आई सी एशिया बैङ्कको प्रति शेयर आम्दानी ४० रुपैयाँ २२ पैसा, ३१.९९ प्रतिशत लाभांश दिन सक्ने क्षमता

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
