तनहुँको भानु नगरपालिका-८, देउरालीटारस्थित निर्जला आधारभूत विद्यालयका छात्राहरूको नियमित पठनपाठनमा सहजताको निम्ति हिजो भाद्र १८ गते स्यानीटरी प्याड तथा सोको भेण्डिङ्ग मेशिन लगायत विविध शैक्षिक सामग्रीहरू वितरण गरिएको छ । काठमाडौँ युनिभर्सिटी स्कुल अफ म्यानेजमेन्टका विद्यार्थीहरूको "परिवर्तन" नामक सोसल एक्सपेरियन्स प्रोजेक्टले कृषि विकास बैङ्क लिमिटेडको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतको सहयोगबाट उक्त सामग्रीहरू वितरण गरिएको हो ।
काठमाडौँ युनिभर्सिटी स्कुल अफ म्यानेजमेन्टमा बिबिए अध्ययनरत उन्नति जोशी, समीक्षा घिमिरे, रोजिका थापा र आर्जु जोन्छेको सक्रियतामा उक्त विद्यालयका छात्राहरूका निम्ति सो सहयोग गरिएको हो । महिनावारी अझै पनि लज्जाको विषयसँग जोडिन्छ र विशेष गरी ग्रामीण क्षेत्रका छात्राहरू महिनावारी भएपछि ४र५ दिनसम्म विद्यालय नजाने गर्दछन् । यस्तो अवस्थामा छात्राहरूको निम्ति महिनावारी व्यवस्थापन गर्दै पठनपाठनमा सहजताका लागि स्यानीटरी प्याड अति आवश्यक रहेको विद्यालयका छात्राहरूले बताए । महिनावारिको बेला सहजतापूर्वक विद्यालय आवत जावत गर्न पर्याप्त स्यानीटरी प्याड हुनु अझै पनि नेपालका अधिकांश ग्रामीण क्षेत्रका छात्राहरूको लागि सपना जस्तै हो । यसैलाई मध्यनजर गर्दै कम्तीमा पनि उक्त विद्यालयमा सो समस्याबाट अलिकति भए पनि राहत पुगोस् भन्ने ध्येयले सो सहयोग गरिएको "परिवर्तन" का टिम सदस्यहरूले बताए । नेपाल सरकारले सामुदायिक विद्यालयका छात्राहरूलाई निःशुल्क स्यानीटरी प्याड दिने घोषणा गरे पनि अझैसम्म कैयौँ विद्यालयमा प्याड पुगेको छैन । यस्तो अवस्थामा छात्राहरूलाई विभिन्न बहाना बनाएर घरमै बस्नुपर्ने बाध्यता रहेकोमा अब महिनावारी भएको बेला समेत छात्राहरू नियमित विद्यालय जाने उनीहरूको भनाइ छ ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं भानु-८ का वडाध्यक्ष ईश्वर बहादुर घिमिरे, निमित्त प्रधानाध्यापक आस बहादुर घिमिरे, कृषि विकास बैङ्क लिमिटेड डुम्रे शाखाका प्रबन्धक अरुण पौड्याल, सहायक राम चन्द्र बास्तोला, विद्यालयका शिक्षकहरू, अभिभावकहरू, शिक्षा प्रेमी तथा समाजसेवी व्यक्तिहरूको सहभागिता रहेको थियो ।
कृषि विकास बैङ्क लि.द्वारा सञ्चालित संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
