कृषि विकास बैङ्कको नाफा ३९.२४ प्रतिशतले बढेको छ । आ.व. २०७८/७९ को चाैथाे त्रैमास सम्ममा बैङ्कले २ अर्ब २२ करोड रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७९/८० को चाैथाे त्रैमास सम्ममा बैङ्कले ३ अर्ब ९ करोड रुपैयाँ नाफा कमाएको देखिन्छ ।
बैङ्कको निष्क्रिय कर्जा अनुपात बढेर २.४८ प्रतिशत कायम हुँदा इम्पेरमेन्ट चार्ज घटेर ९१ करोड ९१ लाख रुपैयाँ पुगेको छ भने १६ करोड १२ लाख रुपैयाँ बराबरको ब्याज रकम असुल हुन बाँकी देखिन्छ ।
१८ अर्ब ८८ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कृषि विकास बैङ्कले १ खर्ब ९९ अर्ब रुपैयाँ निक्षेप सङ्कलन गरी १ खर्ब ७१ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा ११ अर्ब ७२ करोड रुपैयाँ र सञ्चित मुनाफा ३ अर्ब ६० करोड रुपैयाँ रहेको छ ।
बैङ्कको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ३.२९ प्रतिशतले घटेर ८ अर्ब ८ करोड रुपैयाँ पुगेको छ । त्यस्तै बैङ्कको वितरण योग्य मुनाफा २ अर्ब रुपैयाँ रहेको छ । आ.व. २०७९/८० को चौथौँ त्रैमास सम्ममा कृषि विकास बैङ्कले आफ्ना शेयरधनिहरूलाई १९.८९ प्रतिशत लाभांश दिन सक्ने क्षमता बनाएकाे देखिन्छ।
बैङ्कको प्रति शेयर आम्दानी २० रुपैयाँ ६२ पैसा छ भने प्रति शेयर नेटवर्थ २११ रुपैयाँ ६० पैसा र पछिल्लो कारोबार मूल्य रु २४८.३० को आधारमा मूल्य आम्दानी अनुपात १२.०४ गुणा रहेको छ ।
कृषि विकास बैङ्कको नाफामा ३९.२४ प्रतिशतको वृद्धि, लाभांश दिन सक्ने क्षमता कति ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
