नेपाल राष्ट्र बैङ्कको यस आ.वा २०७९/८० लाई विद्युतीय भुक्तानी कारोबार प्रवर्द्धन रूपमा मनाउने अभियान सँगै मुक्तिनाथ विकास बैक लिमिटेडले सबै शाखा कार्यालयहरू र केन्द्रीय कार्यालयका कर्मचारीहरूको साथमा शुक्रवार र शनिवारका दिन ग्राहकहरूमा वित्तीय साक्षरता पुराउन र बैंकिङ्ग सेवा, सुविधाहरूको जानकारी दिन आफ्नो देशभर बृहत् वित्तीय साक्षरता, विद्युतीय भुक्तानी कारोबार प्रवर्द्धन तथा घर दैलो कार्यक्रम सम्पन्न गरेको सो बैङ्कले जानकारी दिएको छ । बैङ्कको बृहत् वित्तीय साक्षरता, विद्युतीय भुक्तानी कारोबार प्रवर्द्धन तथा घर दैला कार्यक्रमको आयोजना भने देशभरका विभिन्न विद्यालयहरू/ कलेजहरू, समुदाय केन्द्रहरू तथा अन्य सार्वजनिक स्थलमा गरेको सोही बैङ्कले जनाएको छ ।
“जनता बैङ्कमा हैन बैङ्क जनतामा जानु पर्दछ” भन्ने मुलनारा बोकेको सो बैङ्क लिमिटेडले आफ्नो नारालाई मनन गर्दै यो कार्यक्रम आयोजना गरेको सो बैङ्कले बताएको छ । बैङ्कले आयोजना गरेको उक्त कार्यक्रममा बैङ्कका अध्यक्ष, सञ्चालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत, उच्च व्यवस्थापन सहित अन्य सम्पूर्ण कर्मचारीहरू र केही संस्थापक शेयरधनीहरुको सहभागिता रहेको सोही बैङ्कले जानकारी दिएको छ । यसरी वित्तीय साक्षरता तथा घर दैलो कार्यक्रम राख्दै बैङ्कले विद्यार्थीहरू, जनमानस तथा ग्राहकहरूमा बैङ्कका विभिन्न सेवाका बारे घरमै गएर वा एक स्थान बाटै जानकारी गराउँदा उपस्थित सबै सहभागीहरूले बैंकिङ्ग सेवा तथा विद्युतीय भुक्तानी कारोबार प्रवर्द्धन सम्बन्धी जानकारी पाउने विश्वास सो बैङ्कले लिएको बताएको छ । सो बाट बैङ्कको नाम मात्र नभई बैंकिङ्ग श्रोत्रको बारेमा पनि साक्षरता बढ्ने बैङ्कको धारणा रहेको पनि सो बैङ्कले जानकारी दिएको छ ।
मुक्तिनाथ विकास बैङ्कको बृहत् वित्तीय साक्षरता, विद्युतीय भुक्तानी कारोबार प्रवर्द्धन तथा घर दैलो कार्यक्रम सम्पन्न
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
