होटल फरेष्ट इनको आइपिओ माघ ४ देखि, वैदेशिक रोजगारीमा रहेका नेपालीलाई अवसर

होटल फरेष्ट इन लिमिटेडले माघ ४ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई लक्षित गर्दै प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) खुला गर्ने भएको छ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पुँजी २ अर्ब रुपैयाँको २० प्रतिशत बराबर अर्थात् ४० करोड रुपैयाँको ४० लाख कित्ता साधारण शेयर निष्कासन गर्ने अनुमति पाएको छ। सो स्वीकृति अन्तर्गत सर्वसाधारणका लागि छुट्टाइएको शेयरमध्ये १० प्रतिशत, अर्थात् ४ करोड रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अङ्कित मूल्यका ४ लाख कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि निष्कासन गरिनेछ।

आइपिओमा आवेदन दिँदा न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्तासम्म माग गर्न सकिने व्यवस्था गरिएको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले माघ ८ गतेसम्म आवेदन दिन सक्नेछन्।

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी एनआईसी एशिया क्यापिटल लिमिटेडले पाएको छ। इच्छुक आवेदकहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सेवामा सहभागी बैङ्क तथा वित्तीय संस्था वा सीडीएस एण्ड क्लियरिङ लिमिटेडद्वारा सञ्चालन गरिएको ‘मेरो शेयर’ अनलाइन प्रणालीमार्फत सी–आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x