साताको पहिलो कारोबार दिन नेप्से परिसूचक २६ दशमलव १४ अङ्कले घटेर २१०० दशमलव ३४ को विन्दुमा कायम भएको छ । आज कूल २७१ कम्पनीहरूका ६२ लाख ७१ हजार ७७७ कित्ता शेयर रु. २ अर्ब ४२ करोड ५७ लाख ८० हजार ५६४ मा खरिद बिक्री भए ।
कारोबार रकमका आधारमा शिवम् सिमेन्ट्स लिमिटेडको शेयर शीर्ष स्थानमा रह्यो । सो कम्पनीको रु. १४ करोड ७८ लाख ७४ हजार ३४९ बराबरको शेयर कारोबार भयो । त्यस्तै, सोल्टी हाेटल लिमिटेडको रु. ११ करोड ९९ लाख १५ हजार २८४ बराबरको शेयर कारोबार भएको छ।
यता, एभरेष्ट बैङ्क लिमिटेडको रु. १० करोड २० लाख ६२ हजार ४८१ कारोबार हुँदा हिमालयन डिष्लिटरी लिमिटेडको रु. ६ करोड ०५ लाख ९८ हजार १९६ र सूर्यज्योति लाइफ इन्स्योरेन्स लिमिटेडको रु. ५ करोड ९५ लाख ०५ हजार ४४२ बराबरको शेयर कारोबार भएको छ ।
यी हुन् आज धितोपत्र बजारमा सर्वाधिक कारोबार भएका कम्पनीहरू
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
