ङादी ग्रुप पावर लिमिटेडले श्रावण १४ गते (आज) विशेष साधारण सभा गर्दै छ। कम्पनीले विशेष साधारण सभा लर्ड पार्टी भेन्यु, धुम्बाराही, काठमाडौँमा बिहान १०:०० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।
सभाले कम्पनीको साधारण सभामा पेस गर्न विद्युत् नियमन आयोगबाट प्रस्ताव स्वीकृत भए बमोजिम कम्पनीको हाल कायम चुक्ता पुँजी रु. १ अर्ब ८५ करोड १२ लाख ७९ हजार २२२ रुपैयाँ ५० पैसाको १:१ को अनुपातमा हकप्रद शेयर जारी गर्ने सम्बन्धी विशेष प्रस्ताव पारित गर्नेछ ।
सभाले कम्पनीको ठेगाना परिवर्तन गर्न र पुँजी वृद्धि गर्न प्रबन्ध पत्र, नियमावलीमा आवश्यक संशोधन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
कम्पनीले विशेष साधारण सभाको प्रयोजनको लागि साउन ०४ गते एक दिनको लागि बुक क्लोज गरिसकेको छ । सो आधारमा साउन ०३ गतेसम्म कायम शेयरधनीले विशेष साधारण सभामा भाग लिन सक्नेछन् ।
आज ङादी ग्रुप पावर लिमिटेडले विशेष साधारण सभा गर्दै

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
