साताको तेस्रो कारोबार दिन नेप्से परिसूचक ५१ दशमलव ३१ अङ्कले बढेर १९४२ दशमलव ६३ को विन्दुमा कायम भएको छ।
कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड, खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेड र आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा १०.०० प्रतिशतले वृद्धि हुँदा सो कम्पनीहरूका लगानीकर्ताहरूले सर्वाधिक कमाएका छन् । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडका शेयरधनीहरुले ९.९९ प्रतिशत र रिभर फल्स पावर लिमिटेडका शेयरधनीहरुले ८.३७ प्रतिशतका दरले कमाएका छन् ।
यता, सनराइज फर्स्ट म्युचुअल फण्डका लगानीकर्ताहरूले २.०० प्रतिशतले गुमाउँदा ग्लोबल आइएमई बैङ्क लिमिटेड डिबेञ्चर २०८६/८७ १.९८ प्रतिशत, लक्ष्मी उन्नती कोष १.६५ प्रतिशत, ८.५ % लक्ष्मी बैङ्क डिबेञ्चर २०८८ १.६५ प्रतिशत र आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेड १.२३ प्रतिशतले घट्दा यी कम्पनीहरूका लगानीकर्ताहरूले सर्वाधिक गुमाएका छन् ।
आज शेयर मूल्यमा सर्वाधिक वृद्धि तथा गिरावट भएका कम्पनीहरू
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
