साताको पाँचौँ कारोबार दिन नेप्से परिसूचक २९ दशमलव ७१ अङ्कले घटेर २१२६ दशमलव ४८ को विन्दुमा कायम भएको छ।
एनआईसी एशिया फ्लेक्सी क्याप फण्डको शेयर मूल्यमा ७.३९ प्रतिशतले वृद्धि हुँदा सो कम्पनीका लगानीकर्ताहरूले सर्वाधिक कमाएका छन् । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडका शेयरधनीहरुले ५.९० प्रतिशत, इमर्जिङ्ग नेपाल लिमिटेडका शेयरधनीहरुले ५.६६ प्रतिशत, अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडका शेयरधनीहरुले ५.६१ प्रतिशत र सिक्लेस हाइड्रोपावर लिमिटेडका शेयरधनीहरुले ४.०९ प्रतिशतका दरले कमाएका छन् ।
यता, किसान लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताहरूले ८.६८ प्रतिशतले गुमाउँदा प्रोग्रेशिभ फाइनान्स लिमिटेड ४.९८ प्रतिशत, माई खोला हाइड्रोपावर लिमिटेड ४.९० प्रतिशत, मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेड ४.६७ प्रतिशत र बरुण हाइड्रोपावर कम्पनी लिमिटेड ४.२० प्रतिशतले घट्दा यी कम्पनीहरूका लगानीकर्ताहरूले सर्वाधिक गुमाएका छन् ।
आज शेयर मूल्यमा सर्वाधिक वृद्धि तथा गिरावट भएका कम्पनीहरू
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
