धितोपत्र बजारमा १११.९६ अङ्कको गिरावट, नेप्से २७८२.६० को विन्दुमा



धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक १११.९६ अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १११ दशमलव ९६ अङ्कले घटेर २७८२ दशमलव ६० को विन्दुमा कायम भएको छ। यस्तै सेन्सेटिभ परिसूचक २२ दशमलव ८७ अङ्कले घटेर ४९६ दशमलव ४७ को विन्दुमा पुगेको छ ।

आज कूल ३३० कम्पनीहरूका ४ कराेड ३८ लाख ६८ हजार ९७० कित्ता शेयर रु. १८ अर्ब ६४ करोड ९५ लाख ३३ हजार १७० मा खरिद बिक्री भए ।

कारोबार भएका कूल १३ उपसमूहहरू मध्य होटेल तथा पर्यटन उपसमूह ३१.५१ अङ्कले बढेकाे छ । यता, बैङ्किङ उपसमूह ८१ दशमलव ४६ अङ्कले घट्दा विकास बैङ्क उपसमूह २४२ दशमलव ३० अङ्कले, वित्त उपसमूह १८० दशमलव १२ अङ्कले, जलविद्युत उपसमूह १४०.५५ अङ्कले, लगानी उपसमूह ४.८० अङ्कले, जीवन बिमा उपसमूह ५२४.५० अङ्कले, उत्पादन उपसमूह २२२.६९ अङ्कले, लघुवित्त उपसमूह १६१.२० अङ्कले, सामूहिक लगानी कोष शून्य दशमलव २४ अङ्कले, निर्जीवन बिमा ३३९.४३ अङ्कले, अन्य उपसमूह ८४.७१ अङ्कले र ट्रेडिङ उपसमूह ८५.२० अङ्कले घटेका छन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x