साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक ७ दशमलव ७९ अङ्कले बढेर १९८७ दशमलव ८७ को विन्दुमा कायम भएको छ । आज कूल २८५ कम्पनीहरूका ७४ लाख ५४ हजार ००७ कित्ता शेयर रु. २ अर्ब ८८ करोड ६५ लाख ०९ हजार ४१५ मा खरिद बिक्री भए ।
कारोबार रकमका आधारमा सोल्टी हाेटल लिमिटेडको शेयर शीर्ष स्थानमा रह्यो । सो कम्पनीको रु. १५ करोड २८ लाख ५८ हजार ८२१ बराबरको शेयर कारोबार भयो । त्यस्तै, हिमालयन डिष्टिलरी लिमिटेडको रु. १० करोड ११ लाख १३ हजार ३७३ बराबरको शेयर कारोबार भएको छ।
यता, शिवश्री हाइड्रोपावर लिमिटेडको रु. ९ करोड ५८ लाख ३२ हजार ४८२ कारोबार हुँदा नागरिक लगानी कोषको रु. ७ करोड १५ लाख ३१ हजार ३७४ र आइजीआई प्रुडेन्सियल इन्स्याेरेन्स लिमिटेडको रु. ६ करोड ९५ लाख ४८ हजार १२२ बराबरको शेयर कारोबार भएको छ ।
यी हुन् आज धितोपत्र बजारमा सर्वाधिक कारोबार भएका कम्पनीहरू
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
