शुभम पावर लिमिटेडले पौष ०६ गते (आज) देखि आइपिओ विक्री खुल्ला गरेको छ । कम्पनीको अनुसार सर्वसाधारणलाई ४ लाख कित्ता शेयर र आयोजना प्रभावित क्षेत्र सङ्खुवासभा जिल्लालाई निष्कासन गरी बिक्री नभएको १ लाख ८० हजार ५८० कित्ता शेयर गरी जम्मा ५ लाख ८० हजार ५८० कित्ता शेयर मध्य १० प्रतिशत अर्थात् ५८ हजार ५८ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई निष्कासन गरेको छ ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले दरखास्त दिनुपर्ने न्यूनतम कित्ता १० शेयर र दरखास्त दिन पाउने अधिकतम कित्ता ५ हजार कित्ता तोकेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको लागि साधारण शेयर निष्कासन बन्द हुने मिति पौष २० गते रहेको सोही कम्पनीले जानकारी दिएको छ।
कम्पनीको आइपिओ खरिद गर्नको निम्ति आवेदकले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैङ्क तथा वित्तीय संस्थाहरूबाट आवेदन पेस गर्न सक्नेछन्।
सो कम्पनीको धिताेपत्र निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।
आज देखि शुभम पावर लिमिटेडको आइपिओ विक्री खुल्ला, क-कसले दिन पाउँछन् आवेदन ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
