बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले कार्तिक ०४ गते देखि आईपीओ निष्कासन गरिरहेको छ । सो कम्पनीको साधारण शेयरको निष्कासन बन्द हुने मिति कार्तिक १८ गते रहेको छ। उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा ढिलोमा मङ्सिर ०४ गते सम्म आवेदन पेस गर्न सक्ने कम्पनीले जनाएको छ।
कम्पनीले प्रभावित क्षेत्र अर्थात् बाग्लुङ्ग जिल्लाको जैमिनी नगरपालिकाको वडा नं. १, ४ र ५ साविक कुस्मीसेरा, सर्कुवा, र बिनामारे गा. बि. स. का तथा जैमिनी नगरपालिकाका अन्य वडाहरूका स्थानीय बासिन्दाको लागि आईपीओ विक्री गरिरहेको हो।
कम्पनीको अनुसार योग्य आवेदकले दरखास्त दिनुपर्ने न्यूनतम कित्ता १० शेयर र दरखास्त दिन पाउने अधिकतम कित्ता १० हजारसम्म तोकेको छ। सो कम्पनीले प्रतिशेयर रु.१०० अङ्कित दरका २ लाख ५० हजार कित्ता शेयरको आईपीओ विक्री गरिरहेको छ ।
बाराही हाइड्रोपावरको आइपिओमा आवेदन दिन अब दुई दिन बाकी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
