बरुण हाईड्राेपावर कम्पनी लिमिटेडले यही श्रावण १४ गते आइतबारको दिन विशेष साधारण सभा गर्ने भएको छ। कम्पनीले विशेष साधारण सभाको प्रयोजनको लागि श्रावण ०५ गते एक दिनको लागि बुक क्लोज गर्ने जानकारी दिएको छ। सो आधारमा श्रावण ०४ गतेसम्म (आज सम्म) कायम शेयरधनीले विशेष साधारण सभामा भाग लिन सक्नेछन् ।
कम्पनीले साधारण सभा लर्ड पार्टी भेन्यु, धुम्बाराही, काठमाडौँमा दिउँसो १:०० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।
सभाले कम्पनीको साधारण सभामा पेस गर्न विद्युत् नियमन आयोगबाट प्रस्ताव स्वीकृत भए बमोजिम कम्पनीको हाल कायम चुक्ता पुँजी रु. ५३ करोड ५८ लाख १५ हजारको १:१ को अनुपातमा हकप्रद शेयर जारी गर्ने सम्बन्धी विशेष प्रस्ताव पारित गर्नेछ ।
सभाले कम्पनीको ठेगाना परिवर्तन गर्न र पुँजी वृद्धि गर्न प्रबन्ध पत्र, नियमावलीमा आवश्यक संशोधन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
आजसम्म कायम शेयरधनीले बरुण हाईड्राेपावर कम्पनीको विशेष साधारण सभामा भाग लिन पाउने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
