एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभेलप्मेन्टले यही पौष २० गते (आज) १० औँ वार्षिक साधारण सभा गर्दै छ। कम्पनीले साधारण सभा आम्रपाली ब्यांक्वेट थिरबम सडक, काठमाडौँमा बिहान ११:०० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।
सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूबाट पेस हुने आर्थिक वर्ष (आ.व) २०७८/०७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने छ, त्यसै गरी लेखापरीक्षककाे प्रतिवेदन सहितको आ.व २०७८/०७९ को वार्षिक नाफा-नोक्सान हिसाब विवरण तथा नगद प्रवाह विवरण छलफल गरी पारित गर्ने र आ.व २०७९/०८० को लागि लेखा परीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पनि सोही सभाले पारित गर्ने कम्पनीले जनाएको छ ।
सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम कम्पनीको हाल कायम चुक्ता पुँजीको ५.२६ प्रतिशतका दरले हुन आउने रकम रु. ६ करोड ४३ लाख ४० हजार ९३५ रुपैयाँ ४२ पैसा बराबरको नगद लाभांश (कर सहित) वितरणका लागि स्वीकृति पनि सोही सभाले प्रदान गर्ने छ ।
कम्पनीले साधारण सभाको प्रयोजनको लागि पौष ०५ गते एक दिनको लागि बुक क्लोज गरिसकेको छ। सो आधारमा पौष ०४ गतेसम्म कायम शेयरधनीले वार्षिक साधारण सभामा भाग लिन सक्नेछन् ।
एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभेलप्मेन्टले आज १० औँ वार्षिक साधारण सभा गर्दै

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
