साताको पहिलो कारोबार दिन नेप्से परिसूचक १२ दशमलव १६ अङ्कले बढेर २०९७ दशमलव ०९ को विन्दुमा कायम भएको छ । आज कूल २८६ कम्पनीहरूका ७१ लाख ८४ हजार २५४ कित्ता शेयर रु. २ अर्ब ३७ करोड ६४ लाख २७ हजार ५७३ मा खरिद बिक्री भए ।
कारोबार रकमका आधारमा शिवम् सिमेन्ट्स लिमिटेडको शेयर शीर्ष स्थानमा रह्यो । सो कम्पनीको रु. १९ करोड १३ लाख ११ हजार ३७२ बराबरको शेयर कारोबार भयो । त्यस्तै, हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको रु. १५ करोड ६९ लाख ४५ हजार ०६४ बराबरको शेयर कारोबार भएको छ।
यता, माउन्टेन इनर्जी नेपाल लिमिटेडको रु. ९ करोड ८४ लाख ९१ हजार ९८० कारोबार हुँदा हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड प्रमाेटरकाे रु. ७ करोड ६२ लाख ७४ हजार ८०५ र एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको रु. ७ करोड ५९ लाख ९८ हजार ८८१ बराबरको शेयर कारोबार भएको छ ।
यी हुन् आज धितोपत्र बजारमा सर्वाधिक कारोबार भएका कम्पनीहरू
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
