नेशनल हाइड्रो पावर कम्पनी लिमिटेडले हकप्रद शेयर असार २९ (आज ) देखि निष्कासन गरेको छ। कम्पनीको हाल कायम चुक्ता पुँजी रु. १ अर्ब ६४ करोड ४२ लाख ९१ हजार ९४३ रुपैयाँ ५५ पैसाको १० शेयर बराबर नयाँ ५ शेयरको अनुपातमा कम्पनीले हकप्रद शेयरको निष्कासन खुल्ला गरेको छ।
सो कम्पनीले प्रति शेयर रु.१०० अङ्कित दरको ८२ लाख २१ हजार ४५९.७१७८ कित्ता हकप्रद साधारण शेयरको निष्कासन तथा विक्री खुल्ला गरेको छ।
सो कम्पनीको हकप्रद शेयरको निष्कासन बन्द हुने मिति साउन १८ रहेको छ।
नेशनल हाइड्रो पावर कम्पनी लिमिटेडले हकप्रद शेयर प्रयोजनका लागि जेठ ३२ गतेसम्म कायम शेयरधनीहरुले मात्र उक्त हकप्रद शेयरमा आवेदन दिन योग्य हुनेछन्।
कम्पनीको हकप्रद शेयर खरिद गर्नको निम्ति आवेदकले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैङ्क तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरूबाट सी- आस्वा प्रणाली मार्फत आवेदन पेस गर्न सक्नेछन्।
सो कम्पनीको धिताेपत्र निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।
नेशनल हाइड्रो पावर कम्पनी लिमिटेडको हकप्रद शेयर आज देखि निष्कासनमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
