साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ३८ दशमलव ३७ अङ्कले घटेर २०५९ दशमलव ४७ को विन्दुमा कायम भएको छ। आज कूल २६५ कम्पनीहरूका ८० लाख ०७ हजार ३६१ कित्ता शेयर रु. २ अर्ब ६८ करोड ७१ लाख ४८ हजार २३४ मा खरिद बिक्री भए ।
कारोबार रकमका आधारमा सानिमा बैङ्क लिमिटेडको शेयर शीर्ष स्थानमा रह्यो । सो कम्पनीको रु. १२ करोड ६९ लाख ८२ हजार ३०३ बराबरको शेयर कारोबार भयो । त्यस्तै, एभरेष्ट बैङ्क लिमिटेडको रु. १२ करोड २१ लाख २४ हजार ७९८ बराबरको शेयर कारोबार भएको छ।
यता, एनआईसी एशिया बैङ्क लिमिटेडको रु. ११ करोड १२ लाख ८८ हजार ३२९ कारोबार हुँदा शिवम् सिमेन्ट्स लिमिटेडको रु. ९ करोड ८८ लाख ०७ हजार ६८३ र ग्लोबल आइएमई बैङ्क लिमिटेडको रु. ८ करोड ५५ लाख ७७ हजार ३३८ बराबरको शेयर कारोबार भएको छ ।
यी हुन् आज धितोपत्र बजारमा सर्वाधिक कारोबार भएका कम्पनीहरू
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
