नेपाल धितोपत्र बोर्ड (सेबोन)ले क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स र ओम मेगाश्री फर्मास्युटिकल्सलाई आइपिओ जारी गर्न अनुमति दिएको छ।
क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स एक लघु जीवन बीमा कम्पनी हो। सो कम्पनीले चुक्ता पुँजीको ३० प्रतिशत बराबरको २२ करोड ५० लाख रुपैयाँको साधारण शेयर जारी गर्नेछ। यस अन्तर्गत, कम्पनीले १०० रुपैयाँ अङ्कित दरका २२ लाख ५० हजार कित्ता शेयर बिक्री खुला गर्नेछ। आइपिओ बिक्रीपछि कम्पनीको चुक्ता पुँजी ७५ करोड रुपैयाँ पुग्नेछ, जुन बीमा नियामक प्राधिकरणले लघु बीमक कम्पनीका लागि तोकेको न्यूनतम चुक्ता पुँजी हो। क्रेस्ट माइक्रो लाइफको आइपिओ बिक्री प्रबन्धक एनआईएमबीएस क्यापिटल रहेको छ।
त्यसै गरी, ओम मेगाश्री फर्मास्युटिकल्स औषधि उत्पादन तथा प्रशोधनसँग सम्बन्धित कम्पनी हो। सो कम्पनीले पनि चुक्ता पुँजीको ३० प्रतिशत बराबरको १८ करोड रुपैयाँको साधारण शेयर जारी गर्नेछ। यस अन्तर्गत, कम्पनीले १०० रुपैयाँ अङ्कित दरका १८ लाख कित्ता शेयर बिक्री खुला गर्नेछ। आइपिओ बिक्रीपछि कम्पनीको चुक्ता पुँजी ६० करोड रुपैयाँ पुग्नेछ। ओम मेगाश्री फर्मास्युटिकल्सको आइपिओ बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ।
क्रेस्ट माइक्रो र ओम मेगाश्रीलाई आइपिओ अनुमति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
