रावा इनर्जि डेभलपमेन्ट लिमिटेडले चैत्र २३ गते (आज) देखि आइपिओ विक्री खुल्ला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूले दरखास्त दिनुपर्ने न्यूनतम कित्ता १० र दरखास्त दिन पाउने अधिकतम कित्ता १० हजार सम्म तोकेको छ भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले दरखास्त दिनुपर्ने न्यूनतम कित्ता १० र दरखास्त दिन पाउने अधिकतम कित्ता २ हजार ८०० सम्म तोकेको छ।
कम्पनीले जारी पुँजीको ३० प्रतिशत अर्थात् प्रति शेयर रु. १०० अङ्कित दरका ८ लाख ४० हजार कित्ता साधारण शेयर मध्ये जारी पुँजीको १० प्रतिशत अर्थात् २ लाख ८० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका खाेटाङ्ग जिल्ला केपीलासगढी गा.पा. (साबिक फेदी, खार्ताम्छा, बास्पानी, बाक्सिला, सप्तेश्वर, दिप्सुङ र सुङ्देल गा.वि.स.) का सम्पूर्ण वडाका बासिन्दाहरूको निमित्त तथा सार्वजनिक निष्कासन गरिने शेयरको १० प्रतिशत अर्थात् ५६ हजार कित्ता शेयरहरू नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृत प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरूका लागि निष्कासन गरी बिक्री गर्न लागेको हो ।
सो कम्पनीको साधारण शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूको लागि निष्कासन बन्द हुने मिति (छिटोमा) वैशाख ०७ गते रहेको छ। उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा ढिलोमा वैशाख २२ गते सम्म आवेदन पेस गर्न सक्ने कम्पनीले जनाएको छ। त्यसै गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको लागि साधारण शेयरको निष्कासन बन्द हुने मिति पनि वैशाख ०७ गते रहेको कम्पनीले जनाएको छ।
रावा इनर्जि डेभलपमेन्टकाे आइपिओ विक्री खुल्ला, क-कसले दिन पाउँछन् आवेदन ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
