नागरिक लगानी काेषले असार ३१ गते (आज) २८ औँ वार्षिक साधारण सभा गर्दै छ। कम्पनीले साधारण सभा कोषको केन्द्रीय कार्यालय, सी.आई.टी. बिल्डिङ, नयाँ बानेश्वर, काठमाडौँमा अपराह्न ३:०० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।
सभाले सञ्चालक समितिको तर्फबाट पेस हुने आर्थिक वर्ष (आ.व) २०७८/०७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने छ । त्यसै गरी लेखापरीक्षककाे प्रतिवेदन सहितको आ.व २०७८/०७९ को वार्षिक विवरण उपर छलफल गरी पारित गर्ने प्रस्ताव पारित गर्ने छ ।
त्यसै गरी सभाले आ.व २०७८/०७९ को आम्दानी बाँडफाँट हिसाब विवरणमा छुट्याएकाे प्रस्तावित २५ प्रतिशत बोनस शेयर र १.३१५८ प्रतिशत नगद (कर प्रयोजनका लागि) लाभांश स्वीकृति गर्ने प्रस्ताव पारित गर्नेछ ।
कम्पनीले साधारण सभाको प्रयोजनको लागि असार १९ गते एक दिनको लागि बुक क्लोज गरिसकेको छ। सो आधारमा असार १८ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् ।
नागरिक लगानी काेषले आज २८ औँ वार्षिक साधारण सभा गर्दै
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
