साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ४ दशमलव २७ अङ्कले घटेर १८६६ दशमलव ४० को विन्दुमा कायम भएको छ।
आज आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा ८.२० प्रतिशतले वृद्धि हुँदा सो कम्पनीका लगानीकर्ताहरूले सर्वाधिक कमाएका छन् । १० % सन्राइज डिबेञ्चर २०८० का शेयरधनीहरुले ४.९७ प्रतिशत, गुराँस लघुवित्त वित्तीय संस्थाका शेयरधनीहरुले ४.३५ प्रतिशत, पिपुल्स पावर लिमिटेडका शेयरधनीहरुले ३.९८ प्रतिशत र सन्राइज ब्लुचिप फण्डका शेयरधनीहरुले ३.७७ प्रतिशतका दरले कमाएका छन् ।
यता श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडका लगानीकर्ताहरूले ४.७० प्रतिशतले गुमाउँदा मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेड ४.५७ प्रतिशत, नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेड ३.९४ प्रतिशत, किसान लघुवित्त वित्तीय संस्था लिमिटेड ३.९२ र सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेड ३.५५ प्रतिशतले घट्दा यी कम्पनीहरूका लगानीकर्ताहरूले सर्वाधिक गुमाएका छन्।
आज शेयर मूल्यमा सर्वाधिक वृद्धि तथा गिरावट भएका कम्पनीहरू
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
