मुक्तिनाथ विकास बैङ्क लिमिटेडले सामाजिक उत्तरदायित्व कार्यलाई निरन्तरता दिँदै २०७९ साल चैत्र महिनामा विभिन्न सामाजिक उत्तरदायित्व मूलक कार्यक्रमहरू सम्पन्न गरेको छ । बैङ्कले पोखरा महानगरपालिका–२६, ढलेपिपल स्थित भूतपूर्व सैनिक कृषि समूहलाई फोहोर मैलाको अल्पकालीन व्यवस्थापनका लागि आवश्यक पर्ने डस्टविन एक कार्यक्रमका बिच हस्तान्तरण गरेको सो बैङ्कले जानकारी दिएको छ । बैङ्कले ट्राफिक कार्यालय कास्कीलाई विभिन्न ट्राफिक नियम पालना गर्नुपर्ने सम्बन्धी जनचेतनामूलक सन्देशमूलक वोर्डहरु हस्तान्तरण गरेको बताएको छ ।
साथै , बैङ्कले घोराही उप– महानगरपालिका–१६, तेरोटे, दाङ स्थित जेष्ठ नागरिक सरोकार केन्द्रलाई CCTV क्यामेरा जडानको लागि सहयोग गरेको छ भने विदुर नगरपालिका वडा नं . ०९ पिपलटारमा रहेको खानेपानीको समस्या समाधान गर्न बैङ्कले पिपलटार खानेपानी आयोजना उपभोक्ता समितिलाई आर्थिक सहयोग समेत गरेको बताएको छ ।
यस्ता सहयोगहरूबाट मुक्तिनाथ विकास बैङ्कले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै, यस सहयोगबाट सेवा क्षेत्रका नागरिक र व्यक्तिहरूको हितमा काम हुने विश्वास लिएको पनि सो बैङ्कले बताएको छ । साथै, बैङ्कले “मुक्तिनाथ विशिष्ट सहज कर्जा” योजना अन्तर्गत रु २ करोड सम्मको कृषि कर्जा, साना तथा मझौला व्यवसाय कर्जा, घर निर्माण/खरिद कर्जा, अटो तथा हायरपर्चेज कर्जा, शेयर कर्जा, शैक्षिक कर्जा, जग्गा खरिद तथा अन्य व्यक्तिगत कर्जाहरू सम्पूर्ण आवश्यक कागजातहरू पुरा गरेको ३ कार्य दिन भित्र सर्वशुलव ब्याजदरमा कर्जा स्वीकृत गरी प्रदान गर्ने सुविधा ल्याएको जनाएको छ र इच्छुक ग्राहकहरूले मोबाइल नम्बर ९८०१११००२३ मा मिस्ड कल गर्न वा बैङ्कको वेबसाइटमा गई अनलाइन मार्फत कर्जा आवेदन दिन सक्ने पनि सोही बैङ्कले जानकारी दिएको छ ।
मुक्तिनाथ विकास बैङ्ककाे विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रमहरू सम्पन्न

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
