
साताको पाँचौँ कारोबार दिन नेप्से परिसूचक शून्य दशमलव ०६ अङ्कले घटेर २०४९ दशमलव ३८ को विन्दुमा कायम भएको छ। आज कूल २८० कम्पनीहरूका ९७ लाख ५१ हजार ९८५ कित्ता शेयर रु. ३ अर्ब ०७ करोड ७४ लाख ९८ हजार ३१५ मा खरिद बिक्री भए ।
कारोबार रकमका आधारमा शिवम् सिमेन्ट्स लिमिटेडको शेयर शीर्ष स्थानमा रह्यो । सो कम्पनीको रु. १८ करोड ५६ लाख ४२ हजार १२१ बराबरको शेयर कारोबार भयो । त्यस्तै, प्रभु बैङ्क लिमिटेड प्रमाेटर शेयरको रु. १६ करोड ९७ लाख ५२ हजार ६०० बराबरको शेयर कारोबार भएको छ।
यता, हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको रु. १५ करोड ३६ लाख ८३ हजार ४२८ कारोबार हुँदा सिटि हाेटल लिमिटेडको रु. १४ करोड ७३ लाख ६१ हजार ९४५ र सोल्टी हाेटल लिमिटेडको रु. १० करोड ६९ लाख ९७९ बराबरको शेयर कारोबार भएको छ ।
 
यी हुन् आज धितोपत्र बजारमा सर्वाधिक कारोबार भएका कम्पनीहरू
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
        
            
    
    