हिमालय ऊर्जा विकास कम्पनीको हकप्रद सेयर बाँडफाँड


हिमालय ऊर्जा विकास कम्पनीले बिक्री खुला गरेको शतप्रतिशत हकप्रद सेयर बाँडफाँड भएको छ । कम्पनीको हकप्रद सेयर मङ्गलवार भदौ २५ गते बाँडफाँड भएको हो । सो कम्पनीले ९९ लाख कित्ता हकप्रद सेयर बिक्री खुला गरेकोमा ८४ लाख ५३ हजार ६४१ कित्ताका लागि मात्र आवेदन परेको थियो ।

यस आधारमा १४ लाख ४६ हजार ३५९ कित्ता हकप्रद बिक्री भएको छैन। बिक्री नभएको बाँकी सेयर हिमालय ऊर्जाले अब लिलामीमा ल्याउनेछ । सो कम्पनीले साउन २४ गतेदेखि भदौ १२ गतेसम्म हकप्रद सेयर बिक्री खुला गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x