साताको पहिलो कारोबार दिन नेप्से परिसूचक १४ दशमलव ८१ अङ्कले बढेर २०८० दशमलव ८६ को विन्दुमा कायम भएको छ । आज कूल २७१ कम्पनीहरूका ९७ लाख १८ हजार ७५४ कित्ता शेयर रु. ३ अर्ब ०१ करोड ८४ लाख ६० हजार ५१२ मा खरिद बिक्री भए ।
कारोबार रकमका आधारमा नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड प्रमाेटर शेयरको शेयर शीर्ष स्थानमा रह्यो । सो कम्पनीको रु. ५८ करोड ४५ लाख ६१ हजार ४०० बराबरको शेयर कारोबार भयो । त्यस्तै, घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडको रु. २३ करोड १५ लाख ६८ हजार ३८३ बराबरको शेयर कारोबार भएको छ।
यता, सोल्टी हाेटल लिमिटेडको रु. १४ करोड ५२ लाख ९९ हजार ०९६ कारोबार हुँदा माउन्टेन इनर्जी नेपाल लिमिटेडको रु. ११ करोड ७३ लाख २० हजार ८३८ र आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको रु. १० करोड ६१ लाख ९५ हजार २०८ बराबरको शेयर कारोबार भएको छ ।
यी हुन् आज धितोपत्र बजारमा सर्वाधिक कारोबार भएका कम्पनीहरू
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
