नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा बुधवार, असार २० गतेका दिन "एनएमबि डिबेञ्चर १०.७५%-२०८९/९०" ऋणपत्र सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेन्जमा बुधवार "एनएमबि डिबेञ्चर १०.७५%-२०८९/९०" ऋणपत्रको कुल ४० लाख कित्ता ऋणपत्र सूचीकृत भएको हो ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आज मिति २०८०/०३/२० का दिन नेपाल स्टक एक्सचेन्ज लिमिटेड र एनएमबि बैङ्क लिमिटेड बिच १० वर्ष अवधि तथा १०.७५ % वार्षिक ब्याजदर भएको एनएमबि डिबेञ्चर १०.७५%-२०८९/९०" ऋणपत्रको क्रम सङ्ख्या नं. १ देखि ४०,००,००० सम्मको अङ्कित तथा चुक्ता मूल्य रु.१०००।- कायम भएको कुल ४०,००,००० कित्ता ऋणपत्रको सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको जानकारी दिएको छ ।
मिति २०८०/०३/२० मा नेपाल स्टक एक्सचेञ्ज लिमिटेड र एनएमबि बैङ्क लिमिटेड बिच धितोपत्र सूचीकरण सम्झौता सम्पन्न भएको दोस्रो दिनबाट नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा उक्त कम्पनीको १०.७५ % वार्षिक ब्याजदर भएको एनएमबि डिबेञ्चर १०.७५%-२०८९/९०" ऋणपत्रको दोस्रो बजारको कारोबार सुरु हुने नेप्सेले जानकारी दिएको छ ।
नेप्सेमा बुधवार "एनएमबि डिबेञ्चर १०.७५%-२०८९/९०" ऋणपत्र सूचीकृत
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
