रोटरी क्लब अफ नागार्जुनले सामाजिक उत्तरदायित्व कार्यक्रममा महत्त्वपूर्ण भूमिकाको लागि राष्ट्रिय वाणिज्य बैङ्कलाई सम्मान गरेको छ । सरकारको पूर्ण स्वामित्व रहेको अग्रणी वित्तीय संस्थाले गत वर्ष गरेको सामाजिक काम र क्लबसँगको निरन्तर सहकार्यका लागि सम्मान गरेको हो ।
बैङ्कका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनाललाई क्लबका वर्ष २०२५–२६ का अध्यक्ष विशाल गैरेले उक्त सम्मान पत्र प्रदान गर्नुभएको हो । सम्मान पत्र ग्रहण गर्दै प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनालले यो सम्मानले बैङ्कलाई सामाजिक कार्यका लागि थप हौसला प्रदान गरेको बताउनु भयो । कार्यक्रममा लगानीको अवसर शीर्षकको कार्यक्रममा प्रमुख बक्कताका रूपमा सहभागी बैंकर खनालले कृषि, ऊर्जा, पर्यटनलगायतका क्षेत्रमा लगानीको सम्भावना रहेको उल्लेख गर्दै उद्यम व्यवसायमा कुनै पनि कुराको स्केल अप गर्ने, मूल्य थप्ने काम महत्त्वपूर्ण भएको बताउनु भयो । कार्यक्रममा क्लबका अध्यक्ष समेत रहेका युवा उद्यमी विशाल गैरेले आगामी दिनमा वाणिज्य बैङ्कसँग निरन्तर सहकार्य हुने बताउनु भयो ।
कार्यक्रममा क्लबका पूर्व अध्यक्षहरू सुदिप आचार्य, शम्भु अमगाई, यादवप्रसाद ढुङ्गाना, विश्वनाथ ढकाल, डा. विष्णुप्रसाद गौतम, सुशील खड्का, प्रकाश डोटेल, क्लबका उपाध्यक्ष भावी अध्यक्ष फणीन्द्रराज पाण्डे, उपाध्यक्ष अभय पौडेल, सचिव अर्जुन कुमार खड्कालगायतको सहभागिता रहेको थियो ।
 
रोटरी क्लब अफ नागार्जुनद्वारा राष्ट्रिय वाणिज्य बैङ्क सम्मानित
                                यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
        
            
    
    