
साताको तेस्रो कारोबार दिन नेप्से परिसूचक ५६ दशमलव ९४ अङ्कले बढेर २१८६ दशमलव ३६ को विन्दुमा कायम भएको छ। आज कूल २७५ कम्पनीहरूका १ करोड ३१ लाख ०७ हजार ०८० कित्ता शेयर रु. ५ अर्ब ४७ करोड ६२ लाख ८७ हजार ७४० मा खरिद बिक्री भए ।
कारोबार रकमका आधारमा स्वाबलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर शीर्ष स्थानमा रह्यो । सो कम्पनीको रु. २५ करोड १२ लाख ३३ हजार ६९४ बराबरको शेयर कारोबार भयो । त्यस्तै, शिवम् सिमेन्ट्स लिमिटेडको रु. २२ करोड ६३ लाख ४५ हजार २१८ बराबरको शेयर कारोबार भएको छ।
यता, सोल्टी हाेटल लिमिटेडको रु. २२ करोड ४२ लाख २९ हजार ६३८ कारोबार हुँदा आइजीआई प्रुडेन्सियल इन्स्याेरेन्स लिमिटेडको रु. १३ करोड १४ लाख २० हजार २७८ र हिमालयन डिस्टिलरी लिमिटेडको रु. १२ करोड ४८ लाख ९७ हजार ६६८ बराबरको शेयर कारोबार भएको छ ।
 
यी हुन् आज धितोपत्र बजारमा सर्वाधिक कारोबार भएका कम्पनीहरू
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
        
            
    
    