धितोपत्र बजारमा ५८.९३ अङ्कको गिरावट, नेप्से २४७०.३९ को विन्दुमा



धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ५८ दशमलव ९३ अङ्कले घटेर २४७० दशमलव ३९ को विन्दुमा कायम भएको छ। यस्तै सेन्सेटिभ परिसूचक ९ दशमलव ५२ अङ्कले घटेर ४४४ दशमलव ८८ को विन्दुमा पुगेको छ ।

आज कूल ३०९ कम्पनीहरूका १ कराेड ५५ लाख ४ हजार ९२९ कित्ता शेयर रु. ५ अर्ब ६८ करोड ९५ लाख ६१ हजार ३५६ मा खरिद बिक्री भए भने कारोबार भएका कूल १३ उपसमूहहरू ओरालाे लागेका छन् ।

बैङ्किङ उपसमूह २९ दशमलव २३ अङ्कले घट्दा विकास बैङ्क उपसमूह १५१ दशमलव ६९ अङ्कले, वित्त उपसमूह १३१ दशमलव ४६ अङ्कले, होटेल तथा पर्यटन उपसमूह १६३.८१ अङ्कले, जलविद्युत उपसमूह ८७.२१ अङ्कले, लगानी उपसमूह ३.०६ अङ्कले, जीवन बिमा उपसमूह १५०.१४ अङ्कले, उत्पादन उपसमूह १३१.२७ अङ्कले, लघुवित्त उपसमूह ११३.०७ अङ्कले, सामूहिक लगानी कोष शून्य दशमलव ०९ अङ्कले, निर्जीवन बिमा १७६.३६ अङ्कले, अन्य उपसमूह ५३.९९ अङ्कले र ट्रेडिङ उपसमूह ७१.९६ अङ्कले घटेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x