साेनापुर मिनरल्स् एण्ड आयल लिमिटेडले श्रावण २५ गते (आज) १५ औँ वार्षिक साधारण सभा गर्दै छ। कम्पनीले साधारण सभा कम्पनीको रजिष्टर्ड कार्यालय, घर नं. १२४, त्रिकुटी मार्ग, बत्तीसपुतली-९, काठमाडौँमा दिनको २:०० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।सभाले सञ्चालक समितिको तर्फबाट पेस हुने आर्थिक वर्ष (आ.व) २०७८/०७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने छ । त्यसै गरी लेखापरीक्षककाे प्रतिवेदन सहितको आ.व २०७८/०७९ को वार्षिक विवरण उपर छलफल गरी पारित गर्ने, आ.व २०७९/०८० को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्ने छ ।
सभाले कम्पनीको हाल कायम पुँजी संरचनामा संस्थापक र साधारण शेयरको ७०:३० को अनुपातलाई परिवर्तन गरी ६५:३५ प्रतिशत कायम गर्न संस्थापक शेयरलाई साधारण शेयरमा परिणत गर्ने र सोही अनुसार प्रबन्ध पत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पारित गर्नेछ।
आज साेनापुर मिनरल्स् एण्ड आयल लिमिटेडले १५ औँ वार्षिक साधारण सभा गर्दै

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
