साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ६२ दशमलव २१ अङ्कले बढेर २११७ दशमलव ७३ को विन्दुमा कायम भएको छ ।
लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपाल लिमिटेड, हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड, एनएमबि फिफ्टी र सामलिङ्ग पावर कम्पनी लिमिटेडको शेयर मूल्यमा १०.०० प्रतिशतले वृद्धि हुँदा सो कम्पनीका लगानीकर्ताहरूले सर्वाधिक कमाएका छन् । बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडका शेयरधनीहरुले ९.९९ प्रतिशतका दरले कमाएका छन् ।
यता, शुभम पावर लिमिटेडका लगानीकर्ताहरूले ६.८१ प्रतिशतले गुमाउँदा एनआईबिएल ग्रोथ फण्ड ५.७८ प्रतिशत, पाँचथर पावर कम्पनी लिमिटेड ४.२७ प्रतिशत, तेह्रथुम पावर कम्पनी लिमिटेड ३.७० प्रतिशत र ईङवा हाइड्रोपावर लिमिटेड ३.४८ प्रतिशतले घट्दा यी कम्पनीहरूका लगानीकर्ताहरूले सर्वाधिक गुमाएका छन् ।
आज शेयर मूल्यमा सर्वाधिक वृद्धि तथा गिरावट भएका कम्पनीहरू
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
