धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक एकल अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ४ दशमलव ७५ अङ्कले बढेर २०५५ दशमलव ५३ को विन्दुमा कायम भएको छ। यस्तै सेन्सेटिभ परिसूचक शून्य दशमलव ३० अङ्कले घटेर ३८५ दशमलव ८१ को विन्दुमा पुगेको छ ।
आज कूल २७६ कम्पनीहरूका ८० लाख ०८ हजार २४६ कित्ता शेयर रु. ३ अर्ब ४४ करोड ४८ लाख ६२ हजार ५०१ मा खरिद बिक्री भए ।
कारोबार भएका कूल १३ उपसमूहहरू मध्य बैङ्किङ उपसमूह ६ दशमलव ९४ अङ्कले घट्दा विकास बैङ्क उपसमूह २३ दशमलव ३१ अङ्कले, वित्त उपसमूह ४ दशमलव ४२ अङ्कले, जलविद्युत उपसमूह ४०.७५ अङ्कले, लगानी उपसमूह उपसमूह शून्य दशमलव २७ अङ्कले, उत्पादन उपसमूह २३.०४ अङ्कले, लघुवित्त उपसमूह २४.९४ अङ्कले, सामूहिक लगानी कोष शून्य दशमलव १६ अङ्कले र ट्रेडिङ उपसमूह ८.१७ अङ्कले बढेका छन् । यता होटेल तथा पर्यटन उपसमूह ४४८.९८ अङ्कले, जीवन बिमा उपसमूह ३५९.२२ अङ्कले, निर्जीवन बिमा २९५.२६ अङ्कले र अन्य उपसमूह ११.२४ अङ्कले बढेका छन् ।
धितोपत्र बजारमा ४.७५ अङ्कको वृद्धि, नेप्से २०५५.५३ को विन्दुमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
