आफ्नो स्थापनाको २२ वर्ष पूरा गरी २३ औँ वर्ष प्रवेशको अवसरमा आइएमई लिमिटेडले शनिवार बिहान प्रभातफेरीको आयोजना गरेको छ ।
निरन्तर सहयात्रा विश्वासको भन्ने मूल नाराका साथ आयोजना गरिएको उक्त कार्यक्रम कम्पनीको केन्द्रीय कार्यालय पानी पोखरीबाट सुरु भएर लाजिम्पाट, लैनचौर, उत्तरढोका, नागपोखरी, दरबारमार्ग हुँदै पुनः केन्द्रीय कार्यालयमा आएर समापन गरेको हो । डिजिटल रेमिटेन्सको प्रबद्र्घन तथा रेमिटेन्स गर्दा औपचारिक माध्यमको प्रयोग सम्बन्धी सचेतना जगाउने उद्देश्यले प्रभातफेरीको आयोजना गरेको कम्पनीले बताएको छ ।
आइएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकाल तथा प्रबन्ध निर्देशक हेम राज ढकालको नेतृत्वमा गरिएको प्रभातफेरिमा “सुरक्षित रेमिटेन्स, सुरक्षित भविष्य“, “रेमिटेन्स गर्दा डिजिटल माध्यमको प्रयोग गरौँ“ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका ४०० भन्दा बढी कर्मचारीहरूको सहभागिता रहेको थियो। प्रभातफेरिमा चर्चित कलाकार तथा आइएमईका ब्रान्ड एम्बेसडर दिपकाराज गिरी र दिपाश्री निरौला पनि सहभागी हुनु भयो ।
प्रभातफेरीको उद्घाटन गर्नुहुँदै अध्यक्ष ढकालले आइएमईलाई सबैभन्दा धेरै रेमिटेन्स भित्र्याउने कम्पनी बनाउन महत्त्वपूर्ण योगदान गर्नुहुने सम्पूर्ण सेवाग्राहीहरू, नियामक निकायहरू तथा कर्मचारीहरूलाई कृतज्ञता व्यक्त गर्नुभयो ।
हरेक वर्ष जेठ २९ गते आइएमईले आफ्नो स्थापना दिवसको अवसरमा सचेतना मूलक प्रभातफेरी आयोजना गर्दै आएको छ ।
आइएमईको रेमिटेन्स सचेतना प्रभातफेरी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
