राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ का लागि नेपालको आर्थिक वृद्धिदर ४.६१ प्रतिशतमा पुग्ने प्रारम्भिक अनुमान सार्वजनिक गरेको छ। बुधवार सार्वजनिक तथ्याङ्क अनुसार अघिल्ला दुई वर्षको तुलनामा यो वृद्धिदर उल्लेखनीय रहँदै आएको छ, जसले मुलुकको अर्थतन्त्र पुनः लयमा फर्कँदै गएको सङ्केत गर्छ।
तथ्याङ्क अनुसार, आर्थिक वर्ष २०७९/८० मा १.९८ प्रतिशतमा सीमित रहेको आर्थिक वृद्धिदर २०८०/८१ मा ३.६७ प्रतिशतमा सुधारिएको थियो। यस वर्षको ४.६१ प्रतिशतको अनुमानले अर्थतन्त्रले स्थिर सुधारको गति लिएको देखाउँछ।
यस्तै, प्रतिव्यक्ति कुल राष्ट्रिय आय पनि यो वर्ष १,५१७ अमेरिकी डलरमा पुग्ने अनुमान गरिएको छ, जुन अघिल्लो वर्षको १,४६७ डलरभन्दा ५० डलरले बढी हो। यस वृद्धिले आम नागरिकको जीवनस्तरमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
 
आर्थिक वृद्धिदर ४.६१ प्रतिशतमा पुग्ने अनुमान, अर्थतन्त्र सुधारको सङ्केत
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
        
            
    
    