कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले जेठ १९ गते देखि आइपिओ जारी गर्ने भएको छ । कम्पनीको अनुसार योग्य आवेदकले (आयोजना प्रभावित क्षेत्रका बासिन्दाले) दरखास्त दिनुपर्ने न्यूनतम कित्ता १० शेयर र दरखास्त दिन पाउने अधिकतम कित्ता १ हजार कित्ता सम्म तोकेको छ भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले दरखास्त दिनुपर्ने न्यूनतम कित्ता १० शेयर र दरखास्त दिन पाउने अधिकतम कित्ता १ हजार कित्ता नै तोकेको छ।
कम्पनीको जारी पुँजीको १० प्रतिशतले हुन आउने रकम बराबरको रु. १०० अङ्कित दरको १ लाख २१ हजार ८६८ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्र दोलखा जिल्लाको कालिन्चोक गाउँपालिका वडा नं. ९ (साबिकको सुद्रावती गा.वि.स. का सम्पूर्ण वडाहरू) तथा भीमेश्वर नगरपालिका वडा नं. १ (साबिकको सुष्पा क्षमावती गा.वि.स. का सम्पूर्ण वडाहरू) का स्थानीय बासिन्दाहरूको लागि निष्कासन गरी विक्री वितरण गर्ने सो कम्पनीले जानकारी दिएको हो । साथै, आयोजना प्रभावित क्षेत्र दोलखा जिल्लाका बासिन्दाहरूहरुलाई शेयर बाँडफाँड गरे पश्चात् सर्वसाधारणलाई जारी पुँजीको १० प्रतिशत अर्थात् १ लाख २१ हजार ८६७ कित्ता मध्ये १० प्रतिशत अर्थात् १२ हजार १८६ कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगारी गरिरहेका नेपालीहरूको लागि आइपिओ विक्री गर्न लागेको हो।
सो कम्पनीको साधारण शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूको लागि निष्कासन बन्द हुने मिति (छिटोमा) असार ०१ गते रहेको छ। उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा ढिलोमा असार १७ गते सम्म आवेदन पेस गर्न सक्ने कम्पनीले जनाएको छ। त्यसै गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको लागि साधारण शेयरको निष्कासन बन्द हुने मिति पनि असार ०१ गते रहेको कम्पनीले जनाएको छ।
कम्पनीको आइपिओ खरिद गर्नको निम्ति आवेदकले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैङ्क तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरूबाट सी- आस्वा प्रणाली मार्फत आवेदन पेस गर्न सक्नेछन्।
सो कम्पनीको धिताेपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।
यही जेठ १९ गते देखि कुथेली बुखरी स्मल हाइड्रोपावरले आइपिओ जारी गर्दै

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
