नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडका संस्थापक शेयरधनीहरुले २२ हजार ८३१ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएका छन् । कम्पनीका दुई जना संस्थापक शेयरधनीहरुले शेयर बिक्री गर्न लागेका हुन् ।
यसमा २०८०/०१/१५ देखि ३५ दिने सार्वजनिक सूचना प्रकाशित गरी संस्थापक शेयरधनीहरुलाई शेयर खरिद गर्न प्राथमिकता दिएको तर उक्त समयभित्र संस्थापक शेयर खरिद सम्बन्धी कुनै पनि लिखित जानकारी नआएको हुँदा नियमानुसार संस्थापक शेयरधनी बाहेक अन्य व्यक्ति वा संस्थाले खरिद गर्न इच्छा भएमा २३ जेठदेखि ७ दिने सार्वजनिक सूचना प्रकाशित गरेको सो लघुवित्तले जानकारी दिएको छ ।
सो संस्थापक शेयर खरिदको लागि २३ जेठबाट ७ दिन भित्र लघुवित्तको प्रधान कार्यालय धुलिखेल, काभ्रेपलान्चोकमा आइपुग्ने गरी निवेदन पेस गर्न सक्ने सो लघुवित्तले जनकारी दिएको छ ।
संस्थापक शेयर बिक्री गर्दै नयाँ सारथी लघुवित्त

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
