
विन नेपाल लघुवित्त वित्तीय संस्थाको हालै सार्वजनिक भएको एफपीओप्रति लगानीकर्ताको अत्यधिक आकर्षण देखिएको छ। संस्थाले निष्कासन गरेको सीमित एफपीओ शेयरको तुलनामा हजारौँको सङ्ख्यामा आवेदन परेको छ, जसअनुसार माग ४५६ गुणाले बढी पुगेको छ।
एफपीओ भर्ने अन्तिम दिन मङ्गलवार साँझ ५ बजेसम्म कुल १९ लाख ७४ हजारभन्दा बढी लगानीकर्ताले सहभागी जनाएका थिए। ती आवेदकहरूले जम्मा गरेर २ करोड ३३ लाख ८४ हजार कित्ता शेयरका लागि आवेदन दिएका छन्। तर, संस्थाले केवल ५१ हजार २ सय ९२.५० कित्ता एफपीओ शेयर मात्र निष्कासन गरेको हो, जसअनुसार केवल करिब ५ हजार १ सय २९ जना आवेदकलाई शेयर प्राप्त हुनेछ भने अधिकांश लगानीकर्ताको हात रित्तो रहनेछ।
सो  एफपीओ अन्तर्गत संस्थाले ५१ लाख २९ हजार २ सय ५० रुपैयाँ बराबरका शेयर प्रति कित्ता १०० रुपैयाँ दरमा चैत २१ गतेदेखि निष्कासनमा ल्याएको थियो।
विन नेपाल लघुवित्तले नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट माघ ३० गते एफपीओ निष्कासनको स्वीकृति प्राप्त गरेको थियो।
 
विन नेपाल लघुवित्तको एफपीओमा अपार चासो: ४५६ गुणा बढी आवेदन, अधिकांशको हात खाली
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
        
            
    
    