ग्लोबल आइएमई बैंक लिमिटेडले यही मङ्सिर २३ गते १६ औँ वार्षिक साधारण सभा गर्ने भएको छ। कम्पनीले साधारण सभाको प्रयोजनको लागि मङ्सिर ७ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने जानकारी दिएको छ। सो आधारमा मङ्सिर ६ गतेसम्म (आज सम्म) कायम शेयरधनीले वार्षिक साधारण सभामा भाग लिन सक्नेछन् ।
कम्पनीले साधारण सभा सिल्भर ओक बैंकेट एण्ड इभेन्ट्स सेन्टर, गैह्रीधारा, काठमाडौँमा बिहान १०:०० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।
सभाले सञ्चालक समितिले सिफारिस गरे बमोजिम आर्थिक वर्ष (आ.व) २०७८/०७९ काे मुनाफा समेतबाट १०.६ प्रतिशत नगद लाभांश र ३ प्रतिशत बोनस शेयर गरी जम्मा १०.६ प्रतिशत लाभांश वितरणको प्रस्ताव स्वीकृत गर्नेछ ।
सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूले प्रस्तुत गर्नु हुने वार्षिक प्रतिवेदन र त्यसै गरी आ.व २०७९/०८० को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पनि सोही सभाले पारित गर्नेछ ।
सभाले ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू गाभ्ने/गाभिने (मर्जर) प्रयाेजनका लागि मूल्याङ्कन कर्ताबाट चल/अचल सम्पत्ति दायित्व तथा काराेबारकाे मूल्याङ्कन प्रतिवेदन (Due Dilligence Audit DDA) आधारमा निर्धारण गरिएकाे शेयर स्वाप अनुपात १:१ (Share Swap Ratio, 1:1) स्वीकृत गर्ने छ ।
ग्लोबल आइएमई बैंककाे लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
