कृषि विकास बैङ्क लिमिटेड बैङ्क सञ्चालक समितिबाट प्रमुख कार्यकारी अधिकृत नियुक्तिका लागि सिफारिस गर्न गठित उपसमितिको सिफारिसका आधारमा बैङ्क सञ्चालक समितिले गोविन्द गुरुङलाई ४ वर्ष कार्य अवधिका लागि बैङ्कको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्ति गरेको बताएको छ । नवनियुक्त प्रमुख कार्यकारी अधिकृत विगतमा सिभिल बैङ्क लिमिटेड र  सिटिजन बैङ्क म्यानमारमा प्रमुख कार्यकारी अधिकृत पदमा समेत कार्यरत रही सक्नु भएको र निज गुरुङसङ बैङ्किङ क्षेत्रको लामो अनुभव रहेको सो बैङ्कले बताएको छ। 
कार्यान्वयनमा रहेको बैङ्क तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ अनुसार नवनियुक्त बैङ्कका प्रमुख कार्यकारी अधिकृतलाई बैङ्क सञ्चालक समितिका अध्यक्षले समक्ष शपथ ग्रहण गराउनु पर्ने प्रावधान अनुसार सञ्चालक समिति बैठकका अध्यक्ष सुमन दाहालले प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङलाई शपथ ग्रहण गराउनु भयो । उक्त अवसरमा सञ्चालक समितिका सदस्यहरू क्रमशः डा.राजेन्द्र प्रसाद मिश्र, संजिव पौडेल, हरिप्रसाद पराजुली, विनोद कुमार गुरागाईँ बैङ्कका उप–महाप्रबन्धकहरू क्रमशः प्रताप सुवेदी, यज्ञप्रकाश न्यौपाने, दिर्घ बहादुर अर्याल, बाबुकाजी थापा, प्रेम कुमार श्रेष्ठ, मुख्य निर्देशक निर्मल प्रसाद उपाध्याय कम्पनी  सचिव तथा प्रवक्ता हिमलाल पौडेल र सचिवालयका कर्मचारीहरूको समेत उपस्थिति रहेको सोही बैङ्कले बताएको छ। 
साथै नवनियुक्त प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बैङ्कमा हाल कार्यरत उपमहाप्रबन्धकहरू सम्पूर्ण विभागका विभागीय प्रमुखहरू सबैको समउपस्थितीमा कर्मचारी बैठक आवहन गरी बैङ्कका समग्र गतिविधिका बारेमा जानकारी लिई आगामी दिनमा परिवर्तित बैङ्किङ बजारलाई बुझेर बैङ्कलाई अझ बढी सशक्त ढङ्गले अगाडी बढाउने गरी विभागीय कार्यहरू अगाडी बढाउन निर्देशन दिनुभएको सो बैङ्कले जानकारी दिएको छ ।
कृषि विकास बैङ्कको प्रमुख कार्यकारी अधिकृतमा गोविन्द गुरुङ
                                यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0.00%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            80.00%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0.00%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0.00%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0.00%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            20.00%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
        
            
    
    