सरकारको आम्दानी र खर्चमा सन्तुलन देखिन छाडेको छ । चालू आर्थिक वर्षको तथ्याङ्क हेर्दा सङ्कलित राजश्वले चालू खर्च धान्न समेत नसक्ने देखिएको छ । साउन देखि वैशाख १६ गतेसम्म विकास खर्च धेरै कम भएको छ । यो अवधिमा विकास खर्च लक्ष्यको ३० दशमलव ८ प्रतिशत अर्थात् १ खर्ब १७ अर्ब १६ करोड रुपैयाँ मात्र भएको हो । सरकारले यस वर्ष विकास खर्च तीन खर्ब ८० अर्ब ३८ करोड ४५ लाख विनियोजन गरेको छ । वैशाख १६ गतेसम्म सरकारको कुल ५५.२८ प्रतिशत बजेट खर्च भएको छ । यता चालू खर्च भने ६२.७२ प्रतिशत भइसकेको छ ।
नौ महिनामा विकास खर्च वार्षिक लक्ष्यको करिब ३१ प्रतिशत मात्रै

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
