साताको चौथौँ कारोबार दिन नेप्से परिसूचक ३९ दशमलव २६ अङ्कले घटेर २०४९ दशमलव ४४ को विन्दुमा कायम भएको छ। आज कूल २७७ कम्पनीहरूका ८० लाख ९२ हजार ९६९ कित्ता शेयर रु. ३ अर्ब ०७ करोड ३९ लाख ९२ हजार १३६ मा खरिद बिक्री भए ।
कारोबार रकमका आधारमा शिवम् सिमेन्ट्स लिमिटेडको शेयर शीर्ष स्थानमा रह्यो । सो कम्पनीको रु. १६ करोड ४९ लाख १२ हजार ५९६ बराबरको शेयर कारोबार भयो । त्यस्तै, हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको रु. १३ करोड ९० लाख ८८ हजार ९२० बराबरको शेयर कारोबार भएको छ।
यता, सोल्टी हाेटल लिमिटेडको रु. ९ करोड ५७ लाख ७४ हजार २४० कारोबार हुँदा स्वाबलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको रु. ८ करोड १४ लाख ७७ हजार २४३ र हिमालयन डिष्लिटरी लिमिटेडको रु. ७ करोड ६१ लाख ८८ हजार २७४ बराबरको शेयर कारोबार भएको छ ।
यी हुन् आज धितोपत्र बजारमा सर्वाधिक कारोबार भएका कम्पनीहरू
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
