लुम्बिनी विकास बैङ्क लिमिटेडले १० वर्ष अवधिको (११ % एल.बि.बि. एल डिबेञ्चर २०८५) वार्षिक ११ प्रतिशत ब्याजदरमा ऋणपत्र जेठ १६ गते देखि जारी गर्ने भएको छ । बैङ्कको अनुसार योग्य आवेदकले दिनुपर्ने न्यूनतम २५ कित्ता र अधिकतम १ लाख कित्तासम्म दिन पाउने छन्।
विक्री हुन लागेको कम्पनीको रु. १ अर्ब बराबरको १० लाख कित्ता ऋणपत्रको मूल्य प्रति कित्ता न्यूनतम रु.१००० तोकिएको छ। कुल कित्ता मध्ये ६० प्रतिशत अर्थात् ६० करोड बराबरको ६ लाख कित्ता बैङ्क आफैले व्यक्तिगत तर्फबाट विक्री गर्नेछ भने बाँकी ४० प्रतिशत अर्थात् ४० करोड बराबरको ४ लाख कित्ता मध्ये ५ प्रतिशत अर्थात् २० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्ट्याई बाँकी रहेको ३ लाख ८० हजार कित्ता ऋणपत्र सर्वसाधारणहरूका लागि निष्कासन गरी विक्री गर्न लागेको सो बैङ्कले जनाएको छ।
सो कम्पनीको ऋणपत्र निष्कासन बन्द हुने मिति (छिटोमा) जेठ १९ गते रहेको छ। उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा आवेदकले ढिलोमा जेठ ३० गते सम्म आवेदन पेस गर्न सक्नेछन्।
बिक्री प्रबन्धक साथ-साथै आस्बा सेवामा सहभागी सम्पूर्ण बैङ्क तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयहरू मार्फत पनि आवेदन पेस गर्न सक्ने कम्पनीले जनाएको छ ।
सो कम्पनीको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैकिंग लिमिटेड रहेको छ।
जेठ १६ गतेदेखि ११% ब्याजदरमा लुम्बिनी विकास बैङ्कले ऋणपत्र जारी गर्दै

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
