कर्णाली प्रदेशको जाजरकोट केन्द्रबिन्दु भई मिति २०८० कार्तिक १७ गते शुक्रवार गएको भूकम्पबाट पीडितहरूको उद्धार तथा सहयोगार्थ ज्योति विकास बैङ्कले जिल्ला प्रशासन कार्यालय जाजरकोट सँगको समन्वयमा पीडितहरूलाई आर्थिक सहयोग गरेको छ। सो अन्तर्गत बैङ्कले जाजरकोट जिल्ला प्रशासन कार्यालयको भूकम्प प्रभावित राहत कोषमा रु. ५ लाख आर्थिक सहयोग गरेको छ। उक्त रकम ज्योति विकास बैङ्कका तर्फबाट जाजरकोट शाखाका शाखा प्रबन्धक वीरेन्द्र बहादुर ऐडीद्वारा जाजरकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी सुरेश सुनार र सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई हस्तान्तरण गरेको हो।
ज्योति विकास बैङ्कले जाजरकोट स्थित शाखा मार्फत सरल वित्तीय सेवाका साथै संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रम मार्फत विभिन्न क्षेत्रमा समन्वय र सहयोग गर्दै आएको छ। सो बैङ्कले आगामी दिनहरूमा पनि जाजरकोटस्थित शाखा कार्यालय मार्फत दीर्घकालीन र दिगो कार्यक्रमहरूलाई निरन्तरता दिने जनाएको छ।
ज्योति विकास बैङ्कद्वारा भूकम्प पीडितका लागि आर्थिक सहयोग

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
