नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मिति २०८० साल वैशाख १७ गते बिहान ८:०० बजे बसेको सञ्चालक समितिको ४५३ औँ बैठकले गरेको निर्णय अनुसार आ. व. २०७८/०७९ सम्मको सञ्चित वितरणयोग्य मुनाफाबाट हाल कायम शेयरधनीहरूलाई ५ प्रतिशतले हुन आउने लाभांश वितरण गर्ने प्रस्ताव अघि बढाएको छ ।
कम्पनीको सञ्चालक समितिको बैठकले आ.व. २०७८/०७९ सम्मको सञ्चित मुनाफाबाट कायम चुक्ता पुँजीको ४.७५ प्रतिशतले हुन आउने रकम बराबरको बोनस शेयर र ०.२५ प्रतिशतले हुन आउने रकम बराबरको नगद (कर प्रयाेजनार्थ समेत) लाभांश आफ्ना शेयरधनीहरूलाई वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश नेपाल सरकार र नियामक निकाय नेपाल बिमा प्राधिकरणबाट स्वीकृत र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीहरूले प्राप्त गर्ने नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले जानकारी दिएको छ ।
प्रस्तावित लाभांश गत वर्षको तुलनामा घटेको छ । आर्थिक वर्ष २०७७/७८ मा नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले चुक्ता पुँजीको ५ प्रतिशतले हुन आउने रकम बराबरको बोनस शेयर र ०.२६३२ प्रतिशतले हुन आउने रकम बराबरको नगद लाभांश स्वरूप आफ्ना शेयरधनीहरूलाई वितरण गरेको थियो ।
नेपाल पुनर्बीमा कम्पनीको लाभांश प्रस्ताव, कति दिँदै छ बोनस र नगद ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
100.00%

0.00%

0.00%

0.00%

0.00%

0.00%
