मुक्तिनाथ विकास बैंक लि.ले आफ्ना भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरूलाई थप सेवा दिन सामाखुसी को “द हिमालयन ग्रिल बाई बाजेको” रेस्टुरेन्टसँग फुड एण्ड बेभरेजमा विशेष १५ प्रतिशत सम्म छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ ।
यस सम्झौता पश्चात् मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरूले सामाखुसी को “द हिमालयन ग्रिल बाई बाजेको” मा फुड एण्ड बेभरेजमा विशेष १५% छुट प्राप्त गर्न सक्नेछन् ।
साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको ATM Card प्रयोग गरी नेपाल भरी रहेको VISA Network मा आबद्ध अन्य जुन सुकै बैंकको ATM Machine बाट निःशुल्क रकम झिक्न सक्ने व्यवस्था गरेको बताएकाे छ । त्यसै गरी प्रिपेड डलर कार्ड , मोबाइल बैंकिङ्ग, क्युआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ्ग, खाता मै रेमिटेन्स जम्मा तथा मिस्डकल बैंकिङ्ग (बचत सेवाको लागि: ९८०१११००२२, कर्जा सेवाको लागि: ९८०१११००२३) आदि जस्ता सेवाहरू बैंकको शाखामा भौतिक रूपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सक्ने व्यवस्था गरेको बैंकले जनााएकाे छ ।
मुक्तिनाथ विकास बैंकद्वारा आफ्ना ग्राहकहरूलाई सामाखुसी को “द हिमालयन ग्रिल बाई बाजेको” मा विशेष छुट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
