मधेश प्रदेश सरकारले शहीद परिवारको स्वास्थ्य सेवामा सुधार ल्याउने उद्देश्यले स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेको छ ।
प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले यही पुस ९ गतेदेखि बीमा कार्यक्रम लागू भएको आज यहाँ पत्रकार सम्मेलन गरी जानकारी दिनुभयो । उहाँले सो कार्यक्रमले प्रदेशका शहीद परिवारका सदस्यलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइने बताउनुभयो ।
मन्त्री लेखीले गृहमन्त्रीको नेतृत्वमा स्थानीय सेवा र संरचनासम्बन्धी कानुनी संशोधनका लागि कार्यदल गठन गरिएको उल्लेख गर्नुभयो । उक्त कार्यदलले स्थानीय तहको संरचनामा सुधार गर्नुपर्ने विषयमा मस्यौदा तयार पारी मन्त्रालयलाई प्रतिवेदन बुझाउने छ ।
यसैबिच प्रदेश सरकारको आजको मन्त्रिपरिषद् बैठकले प्रदेशका शिक्षा, स्वास्थ्य र यातायात मन्त्रालयका कार्यविधि पारित गरेको छ ।
शहीद परिवारलाई लक्षित गरी स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
