“एक्सेल एण्ड इलिभेट” भन्ने नाराका साथ नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले ३ दिने “इम्प्लोइ स्कील इनह्यान्समेण्ट वर्कसप” भैरहवा स्थित होटेल सिद्धार्थ भिलासामा सम्पन्न गरेको छ । कम्पनीमा कार्यरत प्रशासनिक कर्मचारीको दक्षता अभिवृद्धि गरी कम्पनीका समस्त सेवाग्राहीलाई सर्वसुलभ रूपमा प्रभावकारी सेवा प्रदान गर्ने उद्देश्यले कम्पनीका अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहको सभापतित्वमा सम्मेलन आयोजना गरिएको थियो ।
विभागीय प्रमुख तथा देशै भरीबाट प्रशासनिक कर्मचारीहरू गरी २५० जना भन्दा बढीको सहभागिता भएको उक्त सम्मेलनको समुद्घाटन गर्दै अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहले कम्पनीमा कार्यरत सबै तहका कर्मचारीहरू कम्पनीको ब्रान्ड एम्वेसडर भएको हुँदा कम्पनीलाई अग्रस्थानमा पुर्याउन आ–आफ्नो क्षेत्रबाट सबै जनाले जिम्मेवारी वहन गर्नुपर्ने बताउनुभयाे।
उहाँले देशै भरीबाट कम्पनीको दैनिक कार्य सम्पादनमा उत्कृष्ट ठहरिएका ७ जना प्रशासनिक कर्मचारीहरू अत्तरिया शाखाका रामसिंह चौधरी, सुर्खेत शाखाका राजेन्द्र चौधरी, बुटवल शाखाका प्रवीण कुमार शर्मा, दमौली शाखाबाट मिलन थापा मगर केन्द्रीय कार्यालयकी दीक्षा पनेरु राजविराज शाखाकी प्रज्ञा आचार्य कर्ण र पाँचथर शाखाकी दिलकुमारी योञ्जन लाई सम्मान तथा पुरस्कृत गर्नुभएकाे थियाे ।
सम्मेलनमा प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले स्वागत मन्तव्य व्यक्त गदै दक्ष कर्मचारीहरूबाट नै उत्कृष्ट परिणाम प्राप्त गर्न सकिने भएकोले कम्पनीले कर्मचारीहरूको क्षमता अभिवृद्धिका लागि लगानी गर्दै जाने प्रतिबद्धता जनाउनुभयाे । यसै गरी, नियमनकारी निकाय श्री नेपाल बीमा प्राधिकरणका उप निर्देशक साम्भराज लामिछानेले सम्पत्ति शुद्धीकरण सम्बन्धमा प्रशिक्षण प्रदान गर्दै बीमालाई माध्यम बनाएर पनि विभिन्न बहानामा सम्पत्ति शुद्धीकरण गर्ने कार्य बढ्दै गएकोले यस तर्फ सचेत रहन आग्रह गर्नुभयाे ।
विभिन्न वित्तीय क्रियाकलापबाट यस्ता व्यक्तिहरूलाई चिन्न सकिने भएकोले उनीहरूको वित्तीय क्रियाकलापलाई सूक्ष्म निगरानीमा राखी आफ्नो पेशालाई मर्यादित बनाई अघि बढाउँदा मात्र पनि यस्ता क्रियाकलापलाई रोक्न टेवा मिल्ने भएकोले राष्ट्रिय हितका लागि यस्ता कार्यलाई रोक्नु हामी सबैको कर्तव्य भएको बताए ।
कार्यक्रममा सहभागी कर्मचारीहरूलाई प्रशिक्षक अरनिको सिंहले आफूलाई सुम्पिएको जिम्मेवारीमा उत्कृष्टता हासिल गर्न समस्याहरूको पहिचान हुने गरी खाका तयार गरेमा जुन सुकै समस्याको समाधान गर्न सहजीकरण हुने र सेवाग्राहीहरूले उत्कृष्ट सेवा प्राप्त गर्न सक्ने बारेमा प्रशिक्षण प्रदान गरेका थिए ।
कार्यक्रममा कर्मचारीहरूको दक्षता जाँच गर्नका लागि सहभागी प्रशासनिक कर्मचारीहरूको परीक्षा सञ्चालन गरिएको थियो सो परीक्षा बाट प्रथम द्धित्तिय र तृतीय हुन सफल क्रमशः बुटवल शाखाबाट प्रवीण कुमार शर्मा, काठमाडौँ शाखाबाट चक्र प्रसाद जोशी र केन्द्रीय कार्यालयबाट दीपक मरासिनीलाई प्रमुख कार्यकारी अधिकृतले नगद पुरस्कार सहित सम्मान गरेका थिए ।
यसै गरी सो सम्मेलनमा पुरुष तर्फ फुटसल र महिला तर्फ म्युजिकल चेयर जस्ता विविध खेलहरू पनि आयोजना गरिएको थियो जस अन्तर्गत फुटसल तर्फ प्रथम द्धित्तिय तृतीय हुने क्रमशः कोशी प्रदेश, केन्द्रीय कार्यालय र बागमती प्रदेश तथा म्युजिकल चेयर तर्फ प्रथम द्धित्तिय तृतीय हुने क्रमशः पवित्रा लुंगेली सिन्धुली, सविना भट्टराई कीर्तिपुर र अप्सरा खत्री गाईघाटलाई पनि प्रमुख कार्यकारी अधिकृतले कप तथा मेडल प्रदान गरेका थिए ।
नेशनल लाईफ इन्स्योरेन्सको इम्प्लोइ स्कील इनह्यान्समेण्ट वर्कसप सम्पन्न
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%