साताको चौथौँ कारोबार दिन नेप्से परिसूचक २३ दशमलव ३९ अङ्कले बढेर १८४५ दशमलव ०१ को विन्दुमा कायम भएको छ । आज कूल २६६ कम्पनीहरूका २५ लाख ७७ हजार २१० कित्ता शेयर रु. ८५ करोड ७६ लाख २४ हजार ३१८ मा खरिद बिक्री भए ।
कारोबार रकमका आधारमा शिवम् सिमेन्ट लिमिटेडको शेयर शीर्ष स्थानमा रह्यो । सो कम्पनीको रु. ५ करोड ४६ लाख ५८ हजार ६८५ बराबरको शेयर कारोबार भयो । त्यस्तै, नेपाल टेलिकम लिमिटेडको शेयर रु. ४ करोड ७४ लाख २८ हजार ५६७ बराबरको शेयर कारोबार भएको छ।
यता, एनआईसी एशिया बैङ्क लिमिटेडको रु. ४ करोड ७४ लाख १७ हजार ९२४ कारोबार हुँदा नागरिक लगानी कोषको रु २ करोड ११ लाख ११ हजार ४७३ शेयर र माई खोला हाइड्रोपावर लिमिटेडको रु. १ करोड ७३ लाख ३६ हजार २७२ बराबरको शेयर कारोबार भएको छ।
यी हुन् आज धितोपत्र बजारमा सर्वाधिक कारोबार भएका कम्पनीहरू
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
