
एशियन लाईफ इन्स्योरेन्सले वैशाख १८ गते (आज) १५ औँ वार्षिक साधारण सभा गर्दै छ । कम्पनीले साधारण सभा हाेटल क्लासिक सिमरा, बारामा बिहान ११:३० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।
सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आ.व २०७८/०७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने छ, लेखापरिक्षकको प्रतिवेदन सहित आ.व २०७८/०७९ को वार्षिक विवरण उपर छलफल गरी पारित गर्ने, आ.व २०७९/०८० को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्ने छ ।
सञ्चालक समितिले सिफारिस गरे बमोजिम आर्थिक वर्ष (आ.व) २०७८/०७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजी रु. २ अर्ब ९० करोड ८१ लाख ११ हजार ०७५ को ८.५० प्रतिशतले हुन आउने रकम रु. २४ करोड ७१ लाख ८९ हजार ४४२ रुपैयाँ बराबरको बोनस शेयर र ०.४४७ प्रतिशतले हुन आउने रकम रु. १ करोड ३० लाख ०९ हजार ९७० रुपैयाँ बराबरको नगद लाभांश (कर प्रयाेजनार्थ समेत) वितरणको प्रस्ताव गरेको छ।
कम्पनीले साधारण सभाको प्रयोजनको लागि  वैशाख ०८ गते एक दिनको लागि बुक क्लोज गरिसकेको छ। सो आधारमा वैशाख ०७ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् ।
 
एशियन लाईफ इन्स्योरेन्सले आज १५ औँ वार्षिक साधारण सभा गर्दै
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
        
            
    
    